एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

0
Shares

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्स को सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १२ गते बुकक्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।

२५ प्रतिशत बोनस समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०५७.६० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयर मूल्य प्रति कित्ता १३२२ रुपैयाँ रहेको थियो ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १२ गते बुकक्लोज गर्ने निर्णय गरेकोले माघ ११ गते कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनसक्ने छन् । कम्पनीले माघ २१ गते शुक्रबार सभा आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।