सनराइज बैंकको १३ औं विस्तारित काउन्टर धनकुटामा

0
Shares

सनराइज बैंक लिमिटेड (SRBL) ले धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं.५ मा अवस्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ ।

सो विस्तारित काउन्टर सेवा संचालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।

सो विस्तारित काउन्टर समुद्घाटन कार्यक्रम सनराइज बैंकका १ नं. प्रदेश प्रमूख विवेक कुमार निरौला तथा सनराइज बैंक धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारी लगायत अन्य कर्मचारीहरु तथा केही स्थानीय उद्योगी, व्यवसायिहरुको उपस्थितिमा धनकुटा नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर थापाले गरेका थए ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा विस्तारित काउण्टर र १५८ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।