नेशनल लाईफ इन्स्योरेन्सको आकर्षक लाभांश प्रस्ताव

0
Shares

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLICL) ले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट सेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको माघ १२ गते बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्र्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपाश्चत मात्र लगानीकर्ताले पाउनेछन् । 

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार २०३ रुपैयाँ रहेको छ । प्रस्तावित ६४ करोड ४२ लाख ६८ हजार ९४९ रुपैयाँ बोनस सेयर वितरणपछि इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँ पुग्नेछ । यस्तै कम्पनीको कर प्रयोजनका लागि ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँ नगद लाभांश पनि वितरण गर्नेछ ।

अघिल्लो आर्थिक वर्ष २०७५।७६ बाट कम्पनीले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कसर प्रयोजनका लागि ०.५३ नगद लाभांश वितरण गरेको थियो । समीक्षा अवधिमा ९ प्रतिशतले बाेनस सेयर बढेकाे हाे ।

यस्तो छ कम्पनीको लाभांश इतिहास:-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2076/2077 19.00 1.00 20.00
2 2075/2076 10.00 0.53 10.53
3 2074/2075 2.50 12.00 14.50
4 2073/2074 13.50 0.00 13.50
5 2072/2073 25.00 1.32 26.32
6 2071/2072 30.00 1.58 31.58
7 2070/2071 30.00 8.00 38.00
8 2069/2070 55.00 17.50 72.50
9 2068/2069 25.00   25.00

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।