अन्तर्राष्ट्रिय बजारमा आगामी ६ महिनासम्म चीपको अभाव कायमै रहने

0
Shares

अमेरिकी वाणिज्य विभागले गरेको एक विश्वव्यापी सर्वेक्षण अनुसार चीप अभाव कायमै रहने निष्कर्ष निकालेको छ।

वाफर उत्पादन क्षमतामा आएको अवरोध र सेमिकन्डकटरको अभावका कारण चीप उत्पादनमा समस्या आएको विभागको रिर्पोटले जनाएको छ। १५० बढी कम्पनीहरुलाई समावेश गरी गरिएको सर्वेक्षणमा चीपको माग र आपूर्तिबीचको तालमेल नमिल्दा, चीप अभाव आगामी ६ महिना सम्म कायमै रहने बताइएको छ।

सन् २०१९ को तुलनामा चीपको माग २० प्रतिशतले बढेको तर बढ्दो मागलाई सम्बोधन गर्न उचित आपूर्ति गर्न नसक्दा अभाव अझ बढ्न सक्ने वाणिज्य विभागकी सचिव जीना राइमान्डोको भनाइ छ।

अटो र कम्प्यूटरमा प्रयोग गरिने चीपको बढ्दो अभावलाई न्युनीकरण गर्नका निमित्त अमेरिकी राष्ट्रपति जो बिडेनले प्रतिनिधि सदनलाई दबाब दिइरहेका छन्। प्रतिनिधि सभाबाट स्वीकृत भएको ५२ बिलियन अमेरिकी डलर चीप निर्माणमा खर्च गरिने छ।

यस अघि विश्वकै उच्च चीप उत्पादनकर्ता सामसुङ र इन्टेलले टेक्सास र ओहियो सहरमा चीप निर्माणका लागि १७ बिलियन र २० बिलियन डलर लगानी गरेका छन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।