शिखर इन्स्योरेन्सद्धारा हकप्रद वापतको रकम जम्मा गर्न आग्रह

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले सञ्चालक र आधारभुत सेयरधनीलाई हकप्रद सेयरको वापतको रकम जम्मा गर्न अनुरोध गरेको छ । फागुन ५ गतेभित्र रकम जम्मा गर्न अनुरोध गरिएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गर्न बुकक्लोज तोकेको कम्पनीले पहिलो चरणमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीका सञ्चालक र आधारभुत सेयरधनीलाई हकप्रदको पैसा जम्मा गर्न भनेको हो ।

कम्पनीले १०ः३ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ । हकप्रद जारी गर्ने प्रयोजनका लागि कम्पनीले माघ २१ गते शुक्रबार एकदिन बुकक्लोज गर्ने मिति तोकेको छ ।

बुकक्लोज अनुसार माघ २० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र हकप्रद पाउनेछन् ।
कम्पनीले सर्वसाधारण शेयरधनीहरुका लागि हकप्रद सेयर आवेदन खुल्ला गर्नु पूर्व  धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४, को निर्देशन नंम्बर १२ (४) मा चुक्ता पूँजीको एक प्रतिशत र सोभन्दा बढी शेयर धारण गर्ने सञ्चालक लगायत आधारभुत सेयरधनीहरुले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद सेयर बापतको रकम सर्वसाधारणलाई सेयर जारी गर्नुपूर्व जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।

सोही बमोजिम कम्पनीले हक हिस्सामा पर्न आउने हकप्रद सेयर बापतको रकम फागुन ५ गतेभित्र जम्मा गर्न अनुरोध गरेको हो ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।