रिलायन्स लाइफको सीइओमा राकेश पोखरेल

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओमा) राकेश पोखरेल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको पुस १४ गते बसेको बैठकले माघ १३ गते देखि लागू हुने गरी पोखरेललाई सीइओ नियुक्त छनौट गरी सिफारिस गरेको थियो ।

पोखरेललाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गर्ने प्रस्तावलाई नियामक निकाय बीमा समितिले माघ ७ गते स्वीकृती प्रदान गरेको थियो ।

समितिले स्वीकृति दिएसँगै पोखरेल ४ वर्षको लागि सीईओ नियुक्त भएका छन् । कम्पनीले पोखरेललाई केही समयअघि नै नियुक्ति गरेर समितिमा पठाए पनि समितिले उनको पारिश्रमिकमा प्रश्न उठाएर स्वीकृत गर्न ढिलाई गरेको थियो ।

चार्टर्ड एकाउन्टेन्ट पोखरेलले विगतमा आईएमई लाईफ इन्स्योरेन्समा कामु सीईओ, सूर्या लाइफमा डेपुटी सीईओ समेत भएर कार्यअनुभव संगालिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।