अजोड इन्स्योरेन्सका सेयरधनीले लाभांश नपाउने

0
Shares

अजोड इन्स्योरेन्स लिमिटेडको सेयरधनीले गत आर्थिक वर्ष २०७७।७८ बाट लाभांश नपाउने भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैठकले माघ १३ गते सम्पन्न बैठकले बिना लाभांश फागुन ६ गते कम्पनीको चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा बोलाउने गर्ने निर्णय गरेको छ ।

गत आर्थिक वर्षमा ९ करोड ५२ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको भएपनि बीमा समितिको निर्देशन अनुसार यस कम्पनीले जगेडा तथा कोषहरु मजबुत पार्नुपर्ने भएपछि सेयरधनीलाई गत वर्षबाट लाभांश प्रस्ताव भने गरेको छैन । कम्पनीले विसं २०७७ साल असार अन्तिम साता सर्वसाधारणलाई आईपीओ बिक्री गरी साउन ४ गते आईपीओ बाँडफाँड गरेको थियो ।

चौथो वार्षिक साधारण सभाले गत आर्थिक वर्ष ०७७।७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्र्ने, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नै लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते सोमबार (एक दिन) बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको माघ २३ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार कायम रहन आउने सेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।