सानिमा बैंकको थप तीन नयाँ शाखा सञ्चालनमा

0
Shares

सानिमा बैंक लिमिटेड (SANIMA) ले तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो।

कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको समुद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले गरेकी हुन् । यसैगरी बर्दिबास–१, महोत्तरीस्थित बर्दिबास शाखाको समुद्घाटन बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्की र गोदावरी नगरपालिका–१, अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले संयुक्त रुपमा गरेका हुन् ।

समुद्घाटन् समारोहमा मेयर पुन, कार्की र साउद र अध्यक्ष देवकोटाले सानिमा बैंकलाई आफ्नो क्षेत्रमा बैंक शाखा पुगेको र कोभिड १९को जोखिम न्यूनीकरण गर्न सुरक्षा सावधानीका उपायहरु अपनाएर व्यवस्थित गरेकोमा कृतज्ञता व्यक्त गरेका छन् । 

बैंकले पनि यी शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।