नेपाल लाइफको लाभांश घट्यो

0
Shares

नेपाल लाइफ इन्स्योन्स कम्पनी लिमिटेड (NLIC) को लाभांश घटेको छ । कम्पनीले पहिलो पटक विगत ८ वर्ष यताकै कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको माघ २१ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि समेत गरी ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अघिल्लो आव २०७५।७६ बाट कम्पनीले चुक्ता पूँजीको ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ५१ प्रतिशत लाभांश वितरण गरेको थियाे । नेपाल लाइफको लाभांश अघिल्लो आवको तुलनामा ३६.२६ प्रतिशतले घटेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट प्रस्ताव गरेको उक्त लाभांश नियाम निकाय बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै लगानीकर्तामा वितरण हुने छ ।

यस्ताे छ लाभांश इतिहास:-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2075/2076 31.00 20.00 51.00
2 2074/2075 25.00 23.50 48.50
3 2073/2074 42.00 28.50 70.50
4 2072/2073 25.00 1.31 26.31
5 2071/2072 25.00 1.31 26.31
6 2070/2071 60.00 8.00 68.00
7 2069/2070 70.00 28.50 98.50
8 2068/2069 70.00 56.31 126.31

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।