डिशहोम फाईबरनेट सह वितरकको सोरुम धनगढीमा उद्घाटन

0
Shares

धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको सोरुम उद्घाटन भएको छ ।

डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सो सोरुमको सञ्चालन गरीएको हो । सो सोरुमको सञ्चालन कृष्ण ईन्टरप्राईजेजले गर्नेछ । सोरुम उद्घाटन, डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको कृष्ण ईन्टरप्राईजेजले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ ।

१ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको कृष्ण इन्टरप्राईजेजले अब अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने कृष्ण इन्टेरप्राईजेजका सञ्चालक सुरेश पाठकले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।