सुदुर पश्चिममा ३५० मेगावाट सौर्य उर्जा उत्पादनका लागि सम्भाव्यता अध्ययन गर्न अनुमति


सरकारले ३५० मेगावाट सौर्य उर्जा उत्पादन गर्नका लागि सम्भाव्यता अध्ययन गर्न सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडलाई अनुमती दिने भएको छ ।

लगानी बोर्ड सञ्चालक समितिको बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा क्रमश अनुमानित ज्ञद्दछ मेगावाट तथा द्दद्दछ मेगावाट गरी जम्मा घछण् मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि अनुमानित लागत २३ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने गरी परियोजना विकासका सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न अनुमति दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेर बहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको लगानी बोर्डको ४९ औं बैठकले यस्तो निर्णय गरेको हो । साथै बोर्ड बैठकले डावर नेपाल प्रा।लि। उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधिकरणको लागि ९ अर्ब ६८ करोड ६३ लाख ४२ हजार ज्ञण् रुपैयाँको लगानी समेत स्वीकृत गरेको छ ।

त्यसैगरी, बैठकले तल्लो अरुण जलविद्युत परियोजनाको निर्माण, स्वमित्वकरण, संचालन तथा हस्तान्तरण तरिकाबाट विकास गर्न छनौट भएको प्रस्तावक कम्पनी एसजेभीएन लिमिटेड इण्डियाले ले पेश गरेको प्रारम्भिक प्रतिवेदन स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

साथै, बैठकले लगानी प्रवर्द्धनका सम्बन्धमा विभिन्न संघ संस्थासँग सम्झौता गर्न कार्यालयलाई अख्तियारी दिएको छ ।जेनेभास्थित वल्र्ड एशोसिएसन अफ पीपीपी युनिट्स एण्ड प्रोफेशनल्सको सदस्यता ग्रहण गर्न समेत स्वीकृति प्रदान गरेको छ ।बैठकले लगानी बोर्डको कार्यालयबाट तयार गरिएको नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रविधिको तुलनात्मक अध्ययन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि भएको बोर्डले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले लगानीकर्ताहरुलाई आकर्षित गर्न आवश्यक नीतिगत तथा कानूनी सुधार गरी लगानीमैत्री वातावरण तयार गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए । आर्थिक विकासका लागि लगानी बोर्डको कार्यालय तथा नेपाल सरकारका सम्बन्धित निकायले पूर्वाधार संरचनामा विविधिकरण गरी सम्भाव्यता अध्ययन सम्बन्धी कामलाई तीव्र रुपमा अगाडि बढाउँदै परियोजना निर्माणमा जोड दिन प्रधानमन्त्री देउवाले निर्देशन समेत दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।