निर्जीवन बीमा कम्पनीहरु बीमाशुल्क १९ अर्ब बढी, १५ लाख बीमालेख जारी

0
Shares

सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुको पुस मसान्तसम्ममा १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
बीमा समितिले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १४ लाख ८५ हजार ८५१ वटा बीमालेख जारी गरेर सो बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै २ अर्ब ४३ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । दोस्रो त्रैमासको अवधिसम्ममा दोस्रो ठूलो बीमाशुल्क संकलन गरेको सगरमाथा इन्स्योरेन्सले १ अर्ब ७२ करोड ९६ लाख रुपैयाँ संकलन गरेको छ ।

नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले १ अर्ब बढी बीमाशुल्क उठाएका छन् । तथ्याङ्क अनुसार नेको इन्स्योरेन्सले दोस्रो त्रैमासको अवधिसम्ममा १ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ३२ करोड ३४ लाख, एनएलजी इन्स्योरेन्सले १ अर्ब २० करोड ४ लाख र प्रिमियर इन्स्योरेन्सले १ अर्ब १० करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै यूनाइटेड इन्स्योरेन्सले ८८ करोड २२ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ८४ करोड ६७ लाख, आइएमई जनरल इन्स्योरेन्सले ८२ करोड ४७ लाख, प्रभु इन्स्योरेन्सले ८२ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

थप ७ कम्पनीको कुल बीमाशुल्क संकलन ५० करोड रुपैयाँभन्दा धेरै रहेको छ । यस अवधमिा नेपाल इन्स्योरेन्सले ७९ करोड ७९ लाख, अजोड इन्स्योरेन्सले ७९ करोड २१ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ७७ करोड ७२ लाख, दि ओरिएण्टल इन्स्योरेन्सले ६९ करोड १२ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ६७ करोड ९ लाख, एभरेष्ट इन्स्योरेन्सले ६१ करोड ६६ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

यस्तै तीन कम्पनीले पुस मसान्तसम्ममा संकलन गरेको बीमाशुल्क ५० करोड रुपैयाँभन्दा कम रहेको छ । यस अवधिमा नेशनल इन्स्योरेन्सले ४७ करोड ७९ लाख रुपैयाँ, जनरल इन्स्योरेन्सले ४६ करोड ५५ लाख रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले ४६ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

कसको बीमालेख संख्या कति ?

पुस मसान्तसम्ममा १४ लाख ८५ हजार ८५१ वटा बीमालेख जारी भएका छन् । जसमध्ये नेको इन्स्योरेन्सले सबैभन्दा धेरै १ लाख ४७ हजार ३८१ वटा बीमालेख जारी गरेको छ ।

दोस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले १ लाख ३७ हजार ३८४ वटा बीमालेख जारी गरेको छ । शिखर इन्स्योरेन्स १ लाख ३१ हजार ६६९ वटा, सिद्धार्थ इन्स्योरेन्स १ लाख ३० हजार ४५ वटा र एनएलजी इन्स्योरेन्सले १ लाख ३ हजार २१ वटा बीमालेख जारी गरेको छ । चालु आवको ६ महिना अवधिमा पाँच कम्पनीले १ लाखभन्दा बढी बीमालेख जारी गरेका छन् ।

अन्य दश निर्जीवन बीमा कम्पनीले ५० हजारदेखि एक लाखको बीचमा बीमालेख जारी गरेका छन् । युनाइटेड इन्स्योरेन्स, नेशनल, युनाइटेड, नेपाल इन्स्योेरेन्स, प्रिमियर, प्रुडेन्सियल, लुम्बिनी जनरल, अजोड, आइएमई जनरल, एभरेष्ट, प्रभु र हिमालयन जनरल इन्स्योरेन्सले ५० हजारभन्दा बढी बीमालेख जारी गरेका हुन् ।

पुस मसान्तसम्ममा सानिमा जनरल, जनरल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र दि ओरिन्टल र नेशनल इन्स्योरेन्सले ५० हजारभन्दा कम बीमालेख जारी गरेका छन् ।

Insurance Name Number Of Policy 
Neco १४७,३८१
Sagarmatha १३७,३८४
Shikhar  १३१,६६९
Siddhartha १३०,०४५
NLG १०३,०२१
United ८९,९९५
Nepal  ८९,८८७
Premier ८४,१४२
Prudential ७३,१५६
Lumbini  ७२,७३७
AJOD ६३,४२९
IME ५९,०२३
Everest ५७०६१
Prabhu ५७,०५७
Himalayan ५३,२२६
Sanima ४५,७८६
General ३८,०९८
Rastriya Beema २३,३४३
The Oriental  १८,४०२
National ११,००९
Total १,४८५,८५१

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।