रावा इनर्जीले ४ लाख कित्ता सेयर निष्काशन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त


रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्ने भएको छ । जसका लागि माघ २६ गते बुधबार रावा इनर्जीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

सम्झौतामा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष श्री बद्री प्रसाद गौतम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरीरहेको छ । ३ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हाल शतप्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

कम्पनीले हाल कायम जारी पूँजी रु. २० करोड मध्ये स्थानीयका लागि १० प्रतिशत वापत रु. २ करोड रकम बराबरको २ लाख कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि रु. १ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता गरी कुल ३ लाख ९९ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।