आजदेखि उपत्यकामा दुधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ

0
Shares

आजबाट उपत्यकामा दुधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ लागु भएको छ । यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ रहेको थियो । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ८५ निर्धारण गर्ने निर्णय भएपछि बिहीबार एक पत्रकार सम्मेलन गर्दै डीडीसीले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढेको जनाएको हो ।

डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ । काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५, बुटवल भैरहवामा प्रतिलिटर ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ मूल्य कायम गरेको छ । यसअघि काठमाडौँमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा ७० तोकिएको थियो ।

बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर २ रुपयाँ ४८ पैसा उद्योगीले पाउनेछन् । यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो ।