एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफा १ करोड ५८ लाख बढी

0
Shares

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको नाफा सार्वजनिक गरेको छ । वित्तीय आम्दानी बढेसँगै कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड ५८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.४६ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ११ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३२.३१ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल खर्च १०८.५९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २३.८० प्रतिशत बढेको जनाएको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । यस अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ९७ पैसाबाट ६१ पैसा बढेर २ रुपैयाँ ५९ पैसा पुगेको छ हो । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २५०.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ५१ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।