बिपिडब्लु लघुवित्तले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

0
Shares

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ९७ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो । बिहिवार काठमाण्डौमा भएको एक कार्यक्रममा कम्पनीले मेगा क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।


सम्झौता पत्रमा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमिला शाक्य तथा क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । लघुवित्तले सर्वसाधारणका लागि ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता निष्कासन गर्न लागेको हो ।

लघुवित्तको अधिकृत तथा जारी पुँजी ३ करोड रुपैयाँ र हाल संस्थापकहरुबाट चुक्ता पुँजी २ करोड ३ लाख रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।