सगरमाथा इन्स्योरेन्सको खुद नाफा ०.२४ प्रतिशतले बढ्यो

0
Shares

सगरमाथा इन्सयोरेन्स (SIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको नाफा सार्वजनिक गरेको छ । सार्वजनिक भएको वित्तीय विवरण अनुसार गत वर्ष दोस्रो त्रैमाससको तुलनामा इन्स्योरेन्सको खुद नाफामा सामान्य वृद्धि भएको छ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको दास्रो त्रैमाससम्ममा १७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

जुन आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.२४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क भने १२.४६ प्रतिशतले बढेर ७७ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ६९ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यसैगरी कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन आयबाट १९ करोड ७८ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट ७ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ११ करोड १३ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड ४३ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब १३ करोड २९ लाख रुपैयाँ र महाविपत्ती कोषमा १० करोड ८२ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ९८ पैसा, प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.०६ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।