एनसेलका ग्राहकले सस्तोमा कुराकानी गर्नसक्ने, घट्याे शुल्क

0
Shares

एनसेलका ग्राहकहरुले आगामी साउनसम्म नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिनसक्ने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक १.९९ रुपैयाँ प्रतिमिनेटबाट घटाइ कर बाहेक प्रतिमिनेट १.६२ रुपैयाँ कायम गरेको छ ।

प्रिपेड ग्राहकहरुका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।

यो परिमार्जित नयाँ महशुल दर गत शुक्रबार अर्थात माघ २८ गतेबाट लागू भएको हो । नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले एष्ट्रिक्स् १७१०७ ह्यास डायल गरी सेवा निःशुल्क सुचारु गर्न सक्छन् ।

नयाँ महशुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसा यो नयाँ महशुल दर २०७९ साउन २४ गते सम्म लागू रहनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।