सिटिजन्स बैंक र हंग्री फास्ट फूड बीच छुट सम्झौता


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हंग्री फास्ट फुड निजगढ बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई १५ प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले हंग्री फास्ट फुड को सबै सेवा सुविधामा १५ प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको जनाएको छ । मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी जस्ता सुबिधा बैंकले प्रदान गर्दै आएको छ ।

बैंकले हलसालै मोबाइलबट कार्डलेस विथड्रल सेवाको पनि सुरुवात गरेको छ । यो सुविधा मार्पmत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यसबाहेक बैकले मोबाइलबाटै मुद्दती खाताको आवेदन दिन सक्ने व्यवस्था समेत गरेको जानकारी बैंकले दिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९२ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख सेवाग्राहीलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।