सोमबार सुनचाँदीको मूल्य स्थीर, तोलामा कति ?

0
Shares

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीको मूल्य स्थीर रहेको जनाएको छ ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूृल्य ९५ हजार रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३०० रुपैयाँ कायम गरिएको छ । आइतबार पनि सुनचाँदीको कारोबार सोही मूल्यमा भएको महासंघले जनाएको छ ।

आइतबार एकैदिन सुन तोलामा १ हजार ५०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर कारोबार भएको थियो । महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।