सिबिआईएल क्यापिटलले सुरु गर्यो संस्थापक शेयर खरिद बिक्री व्यवस्थापन सेवा

0
Shares


सि.बि.आई.एल क्यापिटल लिमिटेडले विभिन्न संस्थाका संस्थापक शेयरहरुको खरिद बिक्रीे व्यवस्थापन सेवा सुचारु गरेको छ ।

यस सेवामा संस्थापक शेयरधनीको शेयरहरुको उचित मूल्याङ्कन, खरिद बिक्रीकर्ताहरुको खोजी, शेयरहरुको लिलाम बढाबढ व्यवस्थापन र किनबेच भएका शेयरहरुको ब्रोकर मार्फत कारोबार गर्ने सेवाहरु दिइने कम्पनीले जनाएको छ ।

यसका लागि इच्छुक संस्थापक शेयरधनीहरुले सि.बि.आई.एल. क्यापिटल लिमिटेड, डिल्लाबजार, काठमाडौं, फोन नं. ०१–४५१७७२३, ४५१७४५७ एक्सटेन्सन: २१६ वा इमेल ठेगाना [email protected] मा सम्पर्क राखी यो सेवा लिन सक्ने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।