लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर रुकुम पश्चिम झुलनेटामा

0
Shares

लक्ष्मी बैंक (LBL) ले थप एक नयाँ एक्स्टेन्सन काउण्टर विस्तार गरेको छ । बैंकले रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका स्थित झुलनेटामा ११ औं एक्स्टेन्सन काउण्टरको शुभारम्भ गरेको हो ।

आफ्ना ग्राहकहरुको समस्या र मागलाई मध्यनजर गर्दै सहज रुपमा बैंकिङ सेवा सुविधाका लागि उक्त एक्स्टेन्सन काउण्टरको विस्तार गरेको बैंकले जनाएको छ ।

उक्त एक्स्टेन्सन काउण्टर विस्तार गरेसँगै हाल देशभर बैंकले ११ एक्स्टेन्सन काउण्टर, १४१ औं शाखा र १७२ एटिएम मार्फत बैंकिङ सेवा सुविधा दिदै आइरेहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।