आजदेखि उपभोक्ताले एक लिटर पेट्रोल किन्न १४५ रुपैयाँ खर्चनुपर्ने

0
Shares

आजदेखि उपभोक्ताले एक लिटर पेट्रोल किन्न १४५ रुपैयाँ खर्चनुपर्ने भएको छ ।

नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएर १४५ रुपैयाँ तोकेको हो ।

यसैगरी डिजेल।मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको छ । मूल्य बढाएपछि डिजेल।मट्टीतेलको भाउ प्रतिलिटर १२८ रुपैयाँ पुगेको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्यको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदा समेत हाललाई यथावत राखिएको निगमले जनाएको छ । साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ ।

निगमले यसअघि माघ १८ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।