संसद कार्यसूचीमा एमसिसी समेटियो, अर्थमन्त्री शर्माले प्रस्तुत गर्ने

0
Shares

प्रतिनिधिसभाको आइतबारको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) समेटिएको छ ।

अर्थमन्त्री शर्माले एमसीसी प्रस्तुत गर्ने भएका छन् । आइतबार बसेको कार्यव्यवस्था समिति बैठकपछि सार्वजनिक भएको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको हो ।

संसद सचिवालयमा दर्ता भएको अढाई वर्षपछि एमसीसी सम्झौता संसदमा टेबल हुन लागेको हो ।

आजको बैठकमा लोक सेवा आयोग विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/७८ पेस गर्ने कार्यक्रम छ ।

त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) टेबुल गर्ने सहमति गरेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारूढ नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतले भने अहसमति राखेका थिए ।

प्रमुख सचेतक गुरुङ, सांसदहरु रेखा शर्मा र जयपुरी घर्तीले संसद्मा प्रमुख प्रतिपक्षीको अवरोध जारी रहेको, एमसिसीका केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै असहमति राखेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।