सिद्धार्थ बैंकका ग्राहकलाई कलाक्र्स रिर्सोटमा २०% सम्म छुट

0
Shares

सिद्धार्थ बैंक लिमिटेड र वीरगञ्जको गण्डक स्थित कलाक्र्स रिर्सोट बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगञ्ज शाखाका शाखा प्रबन्धक बाबुराम न्यौपाने र कलाक्र्स रिर्सोटका तर्फबाट महाप्रबन्धक राजेश रन्जनले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कलाक्र्स रिर्सोटमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग वा इन्टरनेट बैैंकिङ्ग प्रयोग गरे बापत होटल बसाई सेवाको भुक्तानी गर्दा २०% सम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १५% सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।