व्यवसायी तथा उद्यमीहरुको सहयोगी बन्दै मुगुसप, ग्रयान्ड डे मा दुई हजार व्यक्तिसँग अन्तरक्रिया

0
Shares

व्यवसायी तथा उद्यमीहरुको दैनिक कारोबार व्यवस्थापनमा सहजता प्रदान गर्ने मुगुसप एपले मुगु ग्रयान्ड डे मा दुई हजार व्यक्तिहरुसँग अन्तरक्रिया गरेको छ ।

मुगुसप एक पोइन्ट अफ सेल अर्थात् एक ठाउँ जहाँबाट खरिदबिक्री सम्बन्धी सबै काम गरिन्छ । पारम्पारीक अभिलेखिकरण पद्धतिमा नवीनता ल्याउँदै मुगुसपले अनलाइनबाट नै व्यवसाय सञ्चालनमा आवश्यक पर्ने सुविधाहरु प्रदान गर्ने छ । 

मुगुसप आइमार्कद्धारा निर्माण गरिएको एप हो र यसले उद्यमीहरुलाई प्रणालीबद्ध रुपमा योजना बनाउन र कार्यान्वयन गर्न सघाउने आइमार्कका व्यवस्थापक सुयास चन्दले बताए । यस एपले उद्यमीहरुलाई वेभ ड्यासबोर्ड प्रदान गर्छ जहाँ उद्यमीहरुले बिलिङ सेल, गा्रहक इन्भोइस, भुत्तानी, छुट, खरिद–बिक्री सूचीको व्यवस्थित तथा सहज रुपमा अभिलेख राख्न सहयोग गर्छ ।

एक महिना अगाडि लन्च भएको मुगुसप आन्तरिक राजस्व विभागबाट प्रमाणित एप हो । आज मुगु ग्रयान्ड डे रहेको छ र यसको अवसरमा मुगुसपसँग आवद्ध हुन चाहनु भएका २००० व्यक्तिहरुसँग अन्तरक्रिया गर्ने जानकारी चन्दले दिए ।

मुगुसप एपबाट उद्यमीहरुले बिलिङ, खाता व्यवस्थापन, सामानहरुको सूची व्यवस्थापन, कर्मचारीको हाजिरी, रिर्पोटिङ, अनलाइन स्टोर सञ्चालन, ग्राहकसँगको सम्बन्ध व्यवस्थापन(सीआरएम) तथा लोयल्टी व्यवस्थापन जस्ता सेवासुविधा लिन सक्ने छन् । मुगुसप एप अन्तर्गत रिटेल, किराना पसल, स्पा, सैलुन, रेष्टुरेन्ट तथा क्याफे उद्यमीहरुले सेवा लिन सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।