अन्नपूर्ण मिडिया नेटवर्ककको दीगोपनाका लागि एकता अभियान र नेपाल बैंकर्स संघ बीच समझदारी

0
Shares

अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको दीगोपनाका लागि एकता अभियान कार्यान्वयनका लागि नेपाल बैंकर्स संघ सँग समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल बैंकर्स संघको कार्यालय थापाथलीमा भएको कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय, कार्यकारी निर्देशक अनिल शर्मा र अन्नपूर्ण मिडिया नेटवर्क ग्रुपका प्रमुख कार्यकारी अधिकृत सनत न्यौपानेले समझदारी पत्रमा हस्ताक्षर गरे ।

समझदारीको मुख्य उद्देश्य नेपालमा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने रहेको छ । यसैगरी नवीकरणीय एवं वैकल्पिक ऊर्जाको क्षेत्रमा लगानी प्रबर्धनमा जोड गर्दै दुवै पक्षले वकालत पैरवी गर्ने, उद्यमशीलताको विकासमा क्षमता अभिवृद्धि गर्ने, जैविक विविधताको संरक्षण गर्ने, पर्यटन प्रवद्धन गर्ने, दिगो विकासका लक्ष्यमा सयुक्त रुपमा वकालत पैरवी गर्ने उद्देश्य समझदारीको छ।

नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिवद्धता जनाएको छ । यसका लागि सरकारी , बैकिङ क्षेत्र , निजी क्षेत्र र आमसञ्चार माध्यमको संयुक्त सहकार्यमा जनचेतनामुलक कार्यक्रम अभिवृद्धि गरी, बिषयगत छलफल लाई बढाउँदै कार्बन उत्सर्जन कम गर्दै जाने उद्देश्य समझदारीको रहेको छ । जलवायु परिवर्तनको विषयमा नीतिगत बहस सञ्चालन गर्न पनि दुई संस्थाबीच सहकार्य गर्ने पनि समझदारी पत्रमा उल्लेख छ ।

समझदारी पत्रमा हस्ताक्षर गर्नुहुँदै नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले जलवायु परिवर्तनको विषय निकै गम्भीरता पुर्वक हेरिनुपर्ने बिषय र समय सापेक्ष भएको उल्लेख गरे । उनले यस समझदारी पत्रमा हस्ताक्षरसँगै भएका छलफल तथा बहस बाट दुई संस्थाबीच दीगो साझेदारीको आधार तयार भएको पनि उल्लेख गरे। उनले हाल जलवायु परिवर्तन जन्य सङ्कट हाम्रा दैनिक जीवनमा तिब्र रुपले देखिन र भोगाईमा महसुस गर्न थालेका छौं , नेपाल उच जोखिम रास्ट्र भएको हिसाबले पनि संगै मिलेर यस युनिटि फर सस्टेनालिलिटी बाट बहसको नयाँ आयाम सुरु भएको कुरा उल्लेख गरे ।

अन्नपूर्ण मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जलवायु परिवर्तन कुनै एक पक्षको मुद्दा मात्रै नभइ विश्वकै लागि चुनौतीको विषय भएकाले नेपाल लगायत बिश्वभर यसको विषयमा जनचेतना र आम चेतनाको स्तरमा पनि बिस्तारै परिवर्तन ल्याउनुपर्ने कुरा औंल्याए र उनले यस बिषय संग लड्न दिगोपनका लागि एकता अभियान एउटा कोशेढुङ्गा साबित हुने कुरा उल्लेख गथरे। उहाँले नेपाल बैंकर्स संघले कार्यान्वयन गरिरहेको धेरै मुद्दाहरु मध्यको एक प्राथमिक मुद्दामा राखेको कुराले आफु अझ बढी आसाबादी र खुसि भएको साथै कार्बन उत्सर्जन न्यूनीकरणमा यस अभियान र संघ बीच सहकार्य गर्न सकिने पनि बताए।

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल बैंकर्स संघ र अन्नपूर्ण मिडिया नेटवर्ककका तर्फबाट विभिन्न पदाधिकरीहरुको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।