एनसेलको गज्जबको डेलि जीबी प्रयोगकर्ताका लागि क्यास ब्याक अफर


एनसेलका ग्राहकले डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याक पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेलि जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा २० देखि ६० रुपैंयासम्मको क्यास ब्याक अफर सुरु गरेको छ ।

गजब्बको डेलि जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमबार (फागुन ०९) देखि लागु भएको एनसेलले जनाएको छ । यस योजना अन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीकोे गजब्बको डेलि जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याक पाउने छन् ।

७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले कर सहित १६९ रुपैंयामा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले २० रुपैंया क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन् । त्यसैगरि ग्राहकले कर सहित २६९ रुपैंयामा ७ दिनको समयसिमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले ३० रुपैंया क्यास ब्याक पाउने छन् ।

त्यसैगरी धेरै लामो समयसीमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसिमा रहेको दैनिक १ जीबी डेटा प्याक कर सहित ५९९ रुपैंयामा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले ६० रुपैंया बोनस क्यास ब्याक पाउने विज्ञप्तिमा उल्लेख छ ।

गज्जबको डेलि जीबी डेटा प्याक अन्तर्गत प्राप्त क्यास ब्याकलाई प्रयोगकर्ताले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवामा प्रयोग गर्न सक्छन् । एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्याक सुचारु गर्न सक्नुका साथै एनसेल एपबाट पनि खरिद गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।