नेशनल लाईफ इन्स्योरेन्स ३५ औं वर्षमा


नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३४ औं वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले आफ्नो ३५ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ, जहाँ ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । यसै गरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ । कोभिड १९ का कारण औपचारिक रुपमा जमघट हुने गरी कुनै पनि कार्यक्रम नगरिएको कम्पनीले जनाएको छ ।

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । यहि आर्थिक वर्षको मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा लगिएको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीको जीवन बीमा कोषमा झण्डै ५० अर्ब रुपैंया जम्मा भएको छ । ३ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको छ । कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रति हजार ६४ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म दिएको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले चालु वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रृया समेत अघि बढाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।