सांग्रिला डेभलपमेन्ट बैंकको १०९ औं शाखा गढवामा


सांग्रिला डेभलपमेन्ट बैंकले गढवा गाउँपालिका वडा नं. ६, दाङ्गमा शाखा संचालनमा ल्याएको छ ।

गढवा शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०९ पुगेको छ । नयाँ शाखाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहज राम अहिरले गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।