कार्यालयहरुले हाइर्बिड कार्यविधि अपनाउँदा बढ्यो लेनोभोको नाफा

0
Shares

पर्सनल कम्प्युटर (पीसी) निर्माता कम्पनी लेनोभोको चीन अवस्थित समूहले तेस्रो त्रैमासमा उच्च आम्दानी गरेको छ ।

सन् २०२१/२२ को तेस्रो त्रैमासमा चिनियाँ लेनोभो समूहले ६४ करोड अमेरिकी डलर नाफा कमाएको छ ।

यस अघि डिसेम्बरमा समाप्त भएको त्रैमासमा पनि लेनोभोको आय २० अर्ब माथि पुग्दा नाफा १७ प्रतिशतले बढेको थियो ।

विश्वभरि फैलिएको कोरोना संक्रमणका कारण कार्यालयहरुले हाइर्बिड कार्यविधि अघि सारेका थिए । घरमै बसेर काम गर्न मिल्ने सुविधा कार्यालयले उपलब्ध गराउँदा कर्मचारीहरुलाई स्मार्ट डिभाइसहरुको आवश्यकता पर्यो । जसकारण बजारमा ल्यापटप तथा स्मार्ट फोनहरुको माग बढ्यो । माग अनुसार कै आपूर्ति हुँदा लेनोभोले उच्च नाफा कमाउन सफल भएको हो ।

रिमोट कार्यशैलीको ख्याती बढेसँगै ग्राहकहरुले प्रिमियम, पोर्टेबल तथा उच्च गुणस्तरीय पीसीहरु किनिरहेका छन् । जसकारण गुणस्तरीय पीसीहरुको माग सन् १९९८ यताकै उच्च रहेको लेनोभोको भनाइ छ ।

विश्वव्यापी रुपमा सेमीकन्डकटरको अभाव हुँदा समस्या उत्पन्न भएको लेनोभोले बताएको छ । विश्व बजारमा पीसीको बिक्री वितरणमा २४.६ प्रतिशत कायम गरेको लेनोभो एचपी र डेललाई पछि पार्दै विश्वकै ठूलो पीसी निर्माता बनेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।