‘सुजुकी सेलेरियो’ नेपालमा सार्वजनिक, २६.६८ किलोमिटर प्रतिलिटरको उच्च माइलेज

0
Shares


नेपालको सबैभन्दा इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेकाे छ ।

नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार ‘सुजुकी सेलेरियो’ सार्वजनिक गरेको हाे ।

सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ कस्टका कारण बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने कम्पनीको बिश्वास रहेको छ ।

नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ । सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो ।

न्यु जेनेरेशन सेलेरियो मा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्त्साहित गर्नेछ । अल न्यू सेलेरियोले थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ। स्टाइलिश थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइन ले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ ।

एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ। १५” (३८.०२ सेन्टीमिटर) अर्बन कालो अल्लो पाङ्ग्रा र अगाडिको फग ल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्दछ ।

नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ। स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ। उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्डब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्रीडिजाइनलाई थपआकर्षक बनाएको छ ।

मूल्य २८ देखि ३२ लाखसम्म

सुजुकीको नयाँ सेलेरियोको सुरुवाती भेरिएन्ट भिएक्स आईको मूल्य २७ लाख ९९ हजार रुपैयाँ, जेटएक्स आईको २९ लाख ९९ हजार र जेटएक्सआई प्लसको ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कारले नेपाली बजारमा रेनो क्विड, हुन्डाई स्यान्ट्रो र टाटा टियागो जस्ता कारसँग सिधा प्रतिस्पर्धा गर्नेछ। कार ६ रङ, सिल्की सिल्भर, सोलिड फायर रेड, आर्टिक ह्वाइट, क्याफिन ब्राउन, ग्लिस्टेनिङ ग्रे र स्पीडी ब्लूमा उपलब्ध छ ।

विशेषताहरूः-

सेलेरियो उत्कृष्ट फिचर नै माइलेज हो। हार्टेक्ट प्लेटफर्ममा आधारित नयाँ सेलेरियो नेपालको सबैभन्दा बढी माइलेज दिने कार हुने समेत कम्पनीको दाबी छ। माइलेज बढाउन सो कारमा आइडल स्टार्ट–स्टप फिचर समेत दिइएको छ।

नयाँ जेनेरेशन सेलेरियोमा १.० लिटर ड्यूलजेट इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ । इन्जिनले २६.६८ किलोमिटर प्रतिलिटरको उच्च माइलेज दिने कम्पनीले जनाएको छ। यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध छ।

सेलेरियोको लम्बाई ३६९५ एमएम, चौडाई १६५५ एमएम, उचाई १५५५ एमएम, २४३५ एमएम ह्वीलवेस र १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। यसमा ३१३ लिटर क्षमताको बुट स्पेश र ३२ लिटरको इन्धन ट्याङ्की रहेको छ।

नयाँ सुजुकी सेलेरियोमा अपडेटड हेडल्याम्प, बम्पर र टेलल्याम्प उपलब्ध गराइएको छ भने यसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन लगाएतका विशेषता पनि उपलब्ध छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।