शिखर इन्स्योरेन्सको ५२ करोड ७५ लाखको हकप्रद चैत १ गतेदेखि

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयरकाे चैत १ गतेदेखि बिक्री खुल्ने भएको छ ।

इन्स्योरेन्सले हाल कायम १० कित्ता बराबर नयाँ ३ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद बिक्री गर्नेछ।

हकप्रदमा माघ २० गतेसम्म नेप्सेमा सेयर कारोबार भइ रहेका इन्स्योरेन्सका लगानकिर्ताहरुले मात्र आवेदन दिन पाउनेछन्।

हकप्रदमा मेरो सेयर मोबाइल एप, वेवसाइट, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै एनआईबिएल एस क्यापिटल तथा शिखर इन्स्योरेन्सका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। हकप्रदमान आवेदन दिन चैत २१ गते अन्ज्तिम दिन रहेको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।

हाल १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको शिखर इन्स्योरेन्सको हकप्रद निष्काशनपछि २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।