नेपाल इन्भेष्टमेण्ट बैंक ३६ वर्ष पूरा, समयसापेक्ष गुणस्तरीय सेवा उपलब्ध गराउँदै लैजाने प्रतिवद्धता

0
Shares

नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ । यस अवधिमा बैंकले देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित/राजस्व संकलन काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

पाँच पटकसम्म बैंक अफ द इयर तथा यूरो मनि अवार्डबाट सम्मानित भई ३६ बर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकवर्गहरुमा उत्कृष्ट सेवा पस्कँदै आफ्नो दरिलो पहिचान बनाउन बैंक सक्षम रहेको छ ।

वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान, वृद्धाश्रम/बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोर मैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामाग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक “बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा” को विमोचन कार्यक्रमहरु बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरुले सञ्चालन गरेका छन् ।

यसका साथै ग्राहकवर्गसँगको अटुट सम्बन्ध कायमै रहने अपेक्षा सहित बैंकले “निक्षेप रकम २० वर्षमा ६ गुणा हुने गज्जब ६ मुद्दती खाता” समेत सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै समयसापेक्ष एवं गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।