हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

0
Shares

हिमालयन जनरल इन्स्योरेन्स (HGI) को सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीको ६.६५ प्रतिशत बोनस सेयर तथा साधारण सभा प्रयोजनका लागि सोमबार बुकक्लोज हुने भएकाले नेप्सेले आइतबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर बोनस समायोजन नयाँ मूल्य तोकेको हो  ।

नेप्सेका अनुसार बोनस सेयर समायोजन पश्चात हिमालयन जनरल इन्स्योरेन्सको प्रतिसेयर मूल्य ६८४.४८ रुपैयाँ तोकिएको छ । आइतबार कम्पनीको सेयर अन्तिम पटक ७३० रुपैयाँमा कारोबार भएको थियो । यहि मूल्यलाई आधार मानेर बोनस समायोजन गरिएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १६ गते सोमबार बुकक्लोज गर्दैछ। यस अनुसार आइतबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले फागुन ३० गते बिहान ११ बजे भर्चुअल माध्यमबाट केन्द्रीय कार्यालय, थापागाँउ, काठमाडौँमा २८ औं वार्षिक साधारण सभा डाकेको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य कम्पनीलाई प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिनेसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।