महालक्ष्मी विकास बैंकद्धारा मानव धर्म सेवा समितीलाई कुर्सी प्रदान


महालक्ष्मी बिकास बैकको पुतलीसडक तथा चाबहिल शाखाको संयुक्त आयोजनामा गौसालास्थित नेपाल मानब धर्म सेवा समितीलाई १५५ वटा कुर्सी हस्तान्तरण गरेको छ ।

बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको जनाएको छ । हिन्दुहरुको महान उत्सव महाशिवरात्रिको पुर्वसन्ध्यामा नेपाल मानब धर्म सेवा समितीलाई कुर्सी हस्तान्तरण गरिएको छ ।

उक्त सहयोग ग्रहण गर्दे नेपाल मानब धर्म सेवा समितीका केन्द्रीय प्रमुख माहात्मा चमेली बाइजीले बैकले गरेको सहयोगप्रती कृतज्ञता व्यक्त गरेकी थिइन् ।

महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालु तथा भक्तजनहरुलाई विश्राम गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको पुतलीसडक शाखाका शाखा प्रवन्धक निरञ्जन कुईकेलले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।