जाल्पा सामुदायिक लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल


जाल्पा सामुदायिक लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । 

सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु क्यापिटल लिमिटेड बीच सम्झौता भएको हो ।

सम्झौतामा जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिमला योगी र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

विसं २०७८ फागुन १३ गतेदेखि लागू हुने गरी जाल्पा लघुवित्तले प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ फागुन २०७८, सोमबार  १८ : २९ बजे