नेको इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा आह्वान

0
Shares

नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले चैत ९ गते २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

फागुन १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चैत ९ गते केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाण्डौंमा बिहान ११ बजे बोलाएको हो ।

सभाले सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत (१० कित्ता बराबर १.५ कित्ता) बोनस सेयर र कर प्रयोजनका लागि चुक्तापूँजीको ०.७९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, बोनस सेयरको हदसम्म जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्नेछ ।
त्यस्तै, आव २०७७।७८ को वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । सो अनुसार फागुन ३० गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र सभामा उपस्थित भई प्रस्तावित लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।