कामना सेवा विकास बैंकले चितवनमा विस्तार गर्यो ३ शाखा


कामना सेवा विकास बैंक (KSBBL) ले चितवनका विभिन्न ३ स्थानमा एकै पटक शाखा बिस्तार गरेको छ ।

चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ०८ स्थित पर्सा बजारमा १३०औ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१ औ र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२ औ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

बैंकले १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएम बुथबाट सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।