फुजिमा आयलले स्तन क्यान्सरको देशभरी निःशुल्क परिक्षण गराउने

0
Shares

फुजिमा आयल कम्पनि प्रालिले देशभरी नै महिलाहरुमा हुने स्तन क्यान्सरको निःशुल्क परिक्षण गराउने भएको छ । अन्तरर्राट्रिय नारी दिवसको अवसरमा एक पत्रकार सम्मेलन गरी कम्पनीले यो वर्ष भरी नै नेपालभर रहेका महिला दिदिबहिनिहरुमा देखिने स्तन क्यान्सरको निःशुल्क परिक्षणका लागि आफ्नो उत्पादन कन्ट्रोल लुव्रिकेन्ट्समा प्रति लिटर १ (एक रुपैयाँ) छुट्याएको जनाएको छ ।

कम्पनीले मंगलबार विराटनगरको विराट अस्पतालमा ५० जना महिलाको निःशुल्क स्तन क्यान्सर परिक्षण गराएर यस अभियानको सुरुवात गरेको हो । ग्लोवल क्यान्सर अब्जरभेटरी सन् २०२० को तथ्यांक अनुसार नेपालमा ९.६० प्रतिशत महिलामा क्यान्सर रोग पाईएको छ ।

जनगणना २०७८ अनुसार कुल जनसंख्थाको ५१.५ प्रतिशत महिलाको संख्या रहेको छ । जुन १ करोड ३६ लाख ४४ हजार ६६९ हुन आउँछ । त्यसमध्ये ९.६० प्रतिशत महिलामा स्तन क्यान्सर रहेको एक अध्ययनले देखाइको छ । क्यान्सर को यस भयावह अवस्थालाई नेपाली दिदिबहिनीहरुको जीवन रक्षाका लागि समयमा नै अस्पताल पुगि परिक्षण गराउन प्रत्साहन स्वरुप फुजिमा आयलले यस अभियानलाई सुरुवात गरेको हो ।

यस्तै करिब तीन दशकदेखि आफ्नो उत्पादनको उच्च गुणस्तरका कारण उपभोक्ताको मन जित्न सफल कन्ट्रोल लुव्रिकेन्ट्स को उत्पादक कम्पनी फुजिमा आयल कम्पनीले आफ्नो उत्पादनमा प्रयोग पछिको समेत ग्यारेन्टिका लागि आफ्नो उत्पादन हरु कन्ट्रोल लुव्रिकेन्ट्स, म्याजिक प्लस लुव्रिकेन्ट्स र रोयल लुव्रिकेन्ट्स तथा ग्रिजमा नेपालमै पहलो पटक प्रोडक्ट लायबलिटी इन्स्योरेन्स गराएको छ ।

इन्स्योरेन्स अन्तरगत फुजिमा आयल कम्पनी प्रालिको उत्पादनहरु कन्ट्रोल लुव्रिकेन्ट्स, म्याजिक प्लस लुव्रिकेन्ट्स र रोयल लुव्रिकेन्ट्स तथा ग्रिज प्रयोगपछि इन्जिनमा कुनै समस्या आएको प्रमाणित भएमा इन्स्योरेन्स मार्फत क्षतिपूर्ति दिने गरेको छ । नेपालको लुव्रिकेन्ट र ग्रिज उत्पादन गर्ने कम्पनि मध्य क्षतिपूति दिने फुजिमा आयल कम्पनी पहिलो र एकमात्र कम्पनी रहेको उसको दाबी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।