मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले कपिलवस्तु स्थित कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले कैलाश आश्रम धामद्धारा संचालित मनकामना गुरुकुलमा भवन निर्माण कार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको हो । बैंकले कैलाश आश्रम धामलाई एक कार्यत्रम बीच चेक हस्तानतरण गरेको छ ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय प्रमख राजेन्द्र घिमिरे, जीतपूर शाखाका प्रबन्दक लेखेन्द्र जि.सी. र अन्य कर्मचारीहरुको उपस्थिति तथा कैलाश आश्रम धामको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस सहयोगबाट गुरुकुलमा आउने भक्तजनहरु विश्राम तथा परोपकारी उद्देश्यले गरिने कार्यहरुलाई सहजताका साथ पूरा गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ ।
मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोग र कार्यक्रमबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया