सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

0
Shares

सानिमा बैंक र स्प्यारो पे प्रा. लि (खल्ती) बीच ग्राहकलाई थप सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

बैंक र खल्तीबीच भएको सम्झौतामा ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो इ बैंकिङ्गबाट खल्ती डिजिटल वालेटमा सजिलै फण्ड लोड गर्ने र सानिमा सजिलो इ–बैंकिङ्ग मार्फत चेक आउट गर्न सक्नेछन् ।

बैंक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्प्यारो पे प्रा.लि.(खल्ती) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग बिभागका प्रमुख विक्रम श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सानिमा बैंकको देशभर १२४ कार्यालय र ११० एटिएम संचालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।