हिमालयन बैंकको मोबाईल बैकिङ्गमा अब नेपालपे क्यूआर उपलब्ध

0
Shares

हिमालयन बैंक(HBL)ले आफ्नो मोबाईल बैकिङ्गमा एकिकृत नेपालपे क्यूआरको सफल रुपमा अन्तर आवद्धता कायम गरेको छ ।

अब बैंकका ग्राहकहरुले हिमालयन बैंकको मोबाईल बैकिङ्ग सेवाको प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्यूआर स्क्यान गरेर क्यूआर मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

साथै बैंकले राष्ट्र बैंकले जारी गरेको नेपालपे क्यूआरमा आधारित भएर आफ्नो मर्चेन्ट म्यानेजमेन्ट सिस्टमको प्रयोग गरेर नेपालपे भिसा, युनियन पे र अलिपे लगायतका लागि अन्तरसंचालनशिलता तथा अन्तरआबद्धता कायम हुने कार्यको थालनी गरेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल–क्युआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपालपे क्यूआर स्थापना गरी एनसिएचएलद्वारा सञ्चालित हो, जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै योजनाकोे रुपमा र मर्चेन्ट वा अन्य क्यूआर स्कीम सँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।

वाणिज्य बैंक मध्ये नेशनल पेमेन्ट स्वीचमा जोडी नेपालपे क्यूआरलाई एग्रिगे्रटेड क्यूआरको रुपमा लागु गर्ने हिमालयन बैंक पहिलो बैंक रहेको छ । बैंकका ब्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरु बाट हिमालयन मोबाइल बैंकिङ्ग अथवा नेपालपे क्यूआर मा आबद्ध अन्य उपकरणहरु मार्फत् सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।