मंगलम इण्डष्ट्रिजले ल्यायो सर्टसर्किट र आगलागी नहुने वायरिङ पाइप “वायरसेफ”

0
Shares

मंगलम इण्डष्ट्रिजले नेपालमै पहिलो पटक विद्युत चुहावटबाट हुने सर्टसर्किट र आगलागी हुन नदिने वायरिङ पाइप “मंगलम वायरसेफ” लन्च गरेको छ ।

भृकुटी मण्डपमा सञ्चालन भइरहेको सातौँ नेपाल बिल्डकन एक्सपोमा सहभागी मंगलम इण्डष्ट्रिजद्धारा निर्मित “मंगलम वायरसेफ”को आवरण सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक गरेकी थिइन् ।

मंगलम वायरसेफको विशेषताबारे थप प्रकाश पार्दै, मंगलम इण्डष्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले, वायरसेफ पाइपले घर तथा उद्योग आगलागी हुनबाट बचाउने र यो अहिलेको समयको माग र आवश्यकता रहेको बताएका छन् ।

अहिले सम्म नेपालमा वायरिङको लागि कालो एचडिपिइ पाइपको प्रयोग हुँदै आएको छ । उक्त पाइपले सर्टसर्किट तथा अन्य आगजन्य दुर्घटनाहरुबाट घरलाई बचाउँदैन । वायरसेफ एफआरएलएस विद्युतीय कन्ड्युटबाट निर्माण गरिएको छ । जसकारण मंगलम वायरसेफले सर्टसर्किट, आगलागिबाट बचाउने मात्रै होइन, आगलागीको समयमा धुँवा ननिकाली पाइप पाउडर बन्ने गर्छ । जसकारण आगलागीबाट हुने मानवीय तथा धनसम्पत्तिको न्युनिकरणमा पनि टेवा पुग्छ ।

यहि विशेषताले नै मंगलम वायरसेफलाई अरु पाइप देखि भिन्न बनाएको चुरिवालले बताए । आइएसओ ४९८५ प्रमाणित प्रविधिबाट उत्पादित मंगलम वायरसेफ उच्च गुणस्तरीय जापानी कच्चा पदार्थबाट बनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।