माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्डको निर्माण गरि अस्पताललाई हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्धेश्यका साथ स्थापना गरेको उक्त २४ सैयाको सिसियु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंकका अध्यक्ष डा. विरेन्द्र महतोले उक्त सिसियु वार्डको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीलाई हस्तान्तरण गरे ।
उक्त सिसियु वार्ड हस्तान्तरण कार्यक्रममा बैंक संचालक समितीका सदस्यहरु रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत उच्चपदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया