महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण


महालक्ष्मी बिकास बैकले बैतडीको पाटनस्थित भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।

विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमका विच उक्त खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

यस क्षेत्रले भलिबल खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेकाले यस क्षेत्रका खेलाडीहरुलाई खेलप्रति थप हौसला प्रदान गर्न तथा खेलकुद विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको पाटनका शाखा प्रबन्धक बिजय शाहले बताए ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आईरहेको बैंकले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आएको र यसैको निरन्तरता स्वरुप विद्यालयलाई सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकको यस सहयोगबाट विद्यार्थीहरु निकै उत्साहिल भएको र खेलकुद विकासकालागी महालक्ष्मी विकास बैंकले गरेको सहयोगप्रती विद्यालयका प्रधानाध्यापक बिरेन्द« बहादुर चन्दले धन्यवाद ज्ञापन गरेका थिए ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।