करछलीका मतियारलाई बचाउ गर्दै आइक्यान

0
Shares

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले गलत गर्ने चार्डर्ड एकाउन्टेन्सको बचाउमा उभिएको छ । चार्टर्ड एकाउन्टेन्टहरुको नियामक निकायको रुपमा रहेको आइक्यानले चार्टर्ड आकाउन्टेन्ट(सीए) हरुको गलत अभ्यासको नियमन गरेर कारबाही गर्नुपर्नेमा करछलीलाई प्रोत्साहन गर्नेको बचाउमा उत्रेको हो ।

आइक्यानले कोकाकोला कम्पनीको कर छली प्रकरणमा मुछिएपछि चार्टर्ड एकाउन्टेन्स सञ्जिव कुमार मिश्रलाई जोगाउने लक्षित गर्दै विज्ञप्ति बाजी नै गरेको छ । आइक्यानले प्रचलित लेखामान अनुसार लेखापरीक्षण गरे नगरेको सन्दर्भमा मात्र नियमन गर्ने तथा कारबाही गर्ने काम गर्छ । तर, आइक्यानले आन्तरिक राजस्व कर्याालयले करछलीको मतियार बनाएर दायर गरेको मुद्दालाई लिएर मंगलबार विज्ञप्तिबाजी नै गरेको छ ।

आइक्यानले प्रचलित लेखामान अनुसार लेखापरिक्षण नगर्ने चार्टर्ड एकाउन्टेन्ससम्मलाई कारबाही गर्न नसकेको अवस्थामा करछलीका मतियारलाई आफ्नो दायरा भित्रको भएको भन्दै ध्यानाकर्षण गराएको छ ।

आइक्यान जस्तो संस्थाले कुनै एक चार्टर्ड एकाउन्टेन्टलाई सरकारले आरोप लगाउँदै मुद्दा दायर गर्दा विज्ञप्तिबाजी गर्नु उपयुक्त नभएको एक चार्टर्ड एकाउन्टेन्टले बताए । “कर छलीको मुद्दामा जोगिएका एक सदस्यको कमजोरी लेखामान अनुसारको लेखापरिक्षण नगरेका कारणले हो वा अन्य कुनै कसुरको आधारमा मुद्दा हालिएको भन्ने स्पष्ट नभई यस्तो गर्न हुदैनथ्यो,” ती चार्टर्ड एकाउन्टेन्ट भने ।

कोकाकोला करछली प्रकरणमा मुछिएका चार्टर्ड एकाउन्टेन्ट टि आर उपाध्याय एण्ड कम्पनीका पार्टन हुन । सोही लेखापरिक्षण फर्मका अर्का म्यानेजीङ पार्टनरको रुपमा रहेका शशी सत्यालले नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जरका लागि संयुक्त डीडीए गरेका थिए । उनले गरेको डीडीएमा डिस्काउन्टीङ फ्याक्टर गणना दर नै फरक भएपछि हिमालयन बैंकको संस्थापक सेयरधनी कर्मचारी सञ्चयक कोषले उक्त डीडीए माथी अध्ययन गराएको थियो । यस विषयमा आइक्यानमा समेत उजुरी परेको भएपनि त्यसमा केही कारबाही हुन नसकेको छैन । उक्त डीडीएमा कैफियत देखिएपछि कर्मचारी सञ्चय कोषले उठाएको प्रश्न सम्बोधन गर्न नसक्दा मर्जर नै रोकियो ।

करछलीमा संलग्न चार्टर्ड एकाउन्टेन्टस्हरुलाई सरकारले मुद्दा दर्ता गर्दा विज्ञप्तिबाजी गरेको आइक्यान लेखामान अनुसार काम नगर्दा हेरेर मात्र बसेको छ । चार्टर्ड एकाउन्ेटन्सहरुले मर्जरको तथा प्राप्तिको सन्दर्भमा वार्गेइन पर्चेज गेनलाई आयमा देखाउनु पर्ने नेपाल वित्तीय प्रतिवेदनमान( एनएफआरएस) को व्यवस्था भन्दा विपरित गएर लेखापरिक्षण गरेको अवस्था छ । त्यतीमात्र नभई लेखामान बोर्डबाट कार्भ आउट नै नभएको विषयलाई समेत कार्भ आउट भएको भन्दै चार्टर्ड एकाउन्टेन्टले ओपनियन लेख्ने गरेका छन् । यसमा भने आइक्यान हालसम्म पनि केही बोलेको छैन् ।

बैंक वित्तीय संस्थाको लेखापरिक्षण गर्ने धेरै चार्टर्ड एकाउन्टेन्टेले नेपाल वित्तीय प्रतिवेदनमान अनुसार मर्जरको विषयलाई सम्बोधन नगरेर अर्बौ रुपैयाँ बरावरको कर छलीमा मद्दत गर्दे आएका छन । त्यती मात्र नभइ आयकर ऐन २०५८ को दफा ५६ को उपदफा ३ ले व्यवस्था गरेको नाफा बाहेकको आम्दानीबाट लाभांस वितरण गर्दा आयमा देखाउन पर्ने व्यवस्था गरेपछि त्यसलाई समेत गलत ब्याख्या गर्दे आएका छन् ।

सो विषयमा चार्टर्ड एकाउन्टेन्टस् संघले अध्ययन नै गरेर कर नलाग्ने निष्कर्ष सहितको प्रतिवेदन तयार गरेको छ । चार्टर्ड एकाउन्टेन्टस्हरु आफै फस्ने भएपछि संस्थागत रुपमा नै आयकर सम्बन्धी ऐन नियमहरुको प्रयाप्त अध्ययन समेत नगरी आफ्नो अनुकुलको प्रतिवेदन तयार गरेका छन् । उक्त प्रतिवेदनका आधारमा ठुला करदाताको कार्यालयले महालेखा परिक्षकको कार्यालयले देखाएको नाफा बाहेकको आम्दानीबाट लाभासं वितरण गर्दा तीर्नुपर्ने करको बेरुजु फछ्र्यौटका लागि निवेदन समेत दिएको थियो ।

आइक्यन र एक्यानका पछिल्ला गतिविधिलाई हेर्दा सरकारलाई कर छलीमा सहयोग गर्ने चार्टर्ड एकाउन्टेको बचाउ मात्र गर्दे आएको छ । चार्टर्ड एकाउन्टेन्टस्को नियामक निकाय र छाता संगठन नै गलत अभ्यासको बचाउमा उत्रदा समग्र लेखापरीक्षण पेसा नै बदनाम हुने अवस्थामा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।