होलीको अवसरमा एनसेलले ल्यायो डाटा प्याकमा विशेष अफर

0
Shares

एनसेलले होलीको अवसर पारी गज्जबको डेली जीवी प्याक लन्च गरेको छ । यसका साथै अल–टाइम डाटा प्याकमा स्पेशल अफर ल्याएको छ ।

मोबाइल डाटा अझ सस्तो र सर्व–सुलभ बनाउने उद्देश्यले एन्सेलले सात दिनको लागि १२९ रुपैयाँमा ७ जीवी र १९९ मा १४ जीवी डाटा प्याकको अफर लिएर आएको छ । यसका साथसाथै एन्सेलले पुरानो डाटा प्याकमा थप सुविधा पनि दिने भएको छ ।

अरु समयमा १६९ रुपैँयामा ग्राहकहरुले ७ जीवी डाटा मात्रै लिन पाउँथे भने अब त्यही मूल्यमा १०.५ जीवी डाटा पाउने भएका छन् । त्यसैगरी धेरै डाटाको आवश्यकता पर्ने ग्राहकले २६९ रुपैँयामा १४ जीवी डाटा लिन पाउँथे भने अहिले सो शूल्क मै २१ जीवी लिन सक्ने छन् ।

यसका साथै ग्राहकहरुले २८ दिनको लागि ५९९ रुपैँयामा दैनिक रुपमा १.५ जीवी प्रयोग गर्न पाउने गरी ४२ जीवी डाटा लिन सक्ने छन् । यो अफर मार्च १६ बाट लागु हुने छ ।

यस होलीमा एन्सेलको विविध अफरहरु प्रयोग गरी टाढाको आफन्तहरुसँग नजिक हुनुहोस र रङहरुको महान पर्व होलीलाई अझ रङ्गीन बनाउनुहोस् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।