फोनपेको ‘झट्ट ट्रान्सफर चट्ट कार’ अफर अन्तर्गत मोरङ्गका कमल चुडालले जिते कार

0
Shares


भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसले दोस्रो पटक सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजना अन्तर्गत बम्पर उपहारमा मोरङ्गका कमल चुडालले हुण्डाइको स्याण्ट्रो (एरा एक्जुकेटिभ) कार जितेका छन् ।

उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहार स्वरुप स्याण्ट्रो जित्न सफल भएका छन् । विजेता कमललाई फोनपे पेमेन्ट सर्भिसका असिस्टेन्ट सीइओ दिवस सापकोटा र सनराइज बैंकका महाप्रबन्धक अपच कुमार यादवले कारको साँचो हस्तान्तरण गरेका थिए ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न असोज ३१ देखि पुस १६ सम्म आयोजना गरेको यस योजना अन्तर्गत ७५ जनाले आइफोन १३ र कमल चुडालले हुण्डाइको स्याण्ट्रो (एरा एक्जुकेटिभ) कार जित्न सफल भएका छन् । यस योजना अन्तर्गत हरेक दिन एक जनाले आइफोन जित्न सफल भएका थिए ।

अघिल्लो पटक पनि फोनपेले यस्तै योजना सञ्चालन गरेको थियो । जसमा झापाका एज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन कार जित्न सफल भएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।