प्रभु लाइफको चौथो वार्षिक साधारण सभा सम्पन्न

0
Shares

प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा कम्पनीका अध्यक्ष डा.आत्माराम घिमिरेको अध्यक्षतामा होटल रेडिसन काठमाडौंमा आइतबार सम्पन्न भएको हो ।

कम्पनीको संचालक समितिमा अध्यक्ष डा। घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, मनिराम पोखरेल, नरेश बहादुर मल्ल, अपूर्व प्रसाद जोशी, अनिल प्रसाद श्रेष्ठ र डा। बिमला दाहाल रेग्मी रहेका छन् ।

चौथो वार्षिक साधारण सभाले समूह “क” संस्थापक समूहका सेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ ।

साथै कम्पनीको नियमावली अनुसार समूह “ख” का सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद ९दुई० को निर्वाचन बाट शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।